निराकरण खबर अछाम:अछाम जिल्ला साँफेबगर नम्बर १० घुघुरकोटमा स्थानीय वासीले सडक अवरोध गरेका छन् ।
सेती राज मार्गको दक्षिण खण्ड संग्रामतोलीमा पर्ने सडक बन्द गरेका हुन ।
घुघुरकोटको जिरो प्वाइन्ट अमरखेत देखि पदाडा टोल सम्मको ५ कि. मि. सडकको काम भनिएता पनि काम गर्ने ठेकेदारको लापरबाहीका कारण वडा कार्यालय सम्म करिव २ किलो मिटर सडक विस्तारको कार्य सिमित राखेकाले स्थानीय वासीले सडक अबरोध गरेका हुन् ।
यता निर्माण पक्षले भने स्टमेट अनुसार काम गरिएको बताएको छ। सेती राजमार्गले दिएको स्टमेट अनुसार काम पुरा भएको स्थानीयले सडक अबरुद्ध गरेको बिषयमा निर्माण ब्यावसायीको कुनै सम्वन्ध नभएको निर्माण ब्यावसायिले बताए ।
यता सेती राजमार्गले कार्यलय दक्षिण खण्डका सुचना अधिकार इ. प्रेईज अमात्यले समेत स्टमेट अनुसार काम भएको बताए ।










