निराकरण खबर अछाम:चौरपाटी गाउँपालिका अध्यक्ष भिमबहादुर साउदको पहलमा मानसिक सन्तुलन गुमाएका एकजना व्यक्तिको उद्धार गरिएको छ ।
चौरपाटी गाउँपालिका वडा नं २ सोकट रिठागाउ घर भएका मानसिक सन्तुलन गुमाएका आकाश कोलिको उद्धार गरिएको हो । कोली बिगत १ बर्ष देखि मानसिक समस्याबाट पिडित छन् ।
आर्थिक अवस्था कमजोर भएका कोलीलाई अध्यक्ष साउदको पहलमा उपचारका लागी धनगढी पठाईएको छ । अध्यक्ष साउदले गाउँपालिका आर्थिक अवस्था कमजोर भएका र बिभिन्न रोगबाट पिडित व्यक्तिहरुको उपचार गर्नका लागी सधै तत्पर रहेको बताए ।पालिकाले सबैकालाई अपनत्व हुने खालको कृयाकलापहरु सञ्चालन गर्ने अध्यक्ष साउदले बताए।