Advertisement
SKIP THIS
साँफेबगर १० घुघुरकोटमा स्थानीयद्वारा सडक अवरोध

निराकरण खबर अछाम:अछामको साँफेकार नम्बर १० घुघुरकोटमा स्थानीय वासीले सडक अवरोध गरेका छन् । सेती राज मार्गको दक्षिण खण्ड संग्रामतोलीमा पर्ने सडक बन्द गरेका हुन ।

घुघुरकोटको जिरो प्वाइन्ट अमरखेत देखि पदाडा टोल सम्मको ५ कि. मि. सडकको काम भनिएता पनि काम गर्ने ठेकेदारको लापरबाहीका कारण वडा कार्यालय सम्म करिव २ किलो मिटर सड‌क विस्तारको कार्य सिमित राखेकाले स्थानीय वासीले सडक अबरोध गरेका हुन् ।

उक्त सडकको हित्वाडा संगामतोली, पदाडा टोल सम्म सडक विस्तारको साथै तार जाली सहितको सडक विस्तारको काम गरी दिनका लागी स्थानीय तहको सिफारिसका साथै सडक कार्यालय सॉफेकारलाई पटक पटक अनुरोध गर्दा समेत आस्वासन मात्र दिएकाले उक्त सडकको काम अगाडी बढाउन आनाकानी गरेको भन्दै स्थानीय वासीले सडक अवरुद्ध गर्नुपरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया