Advertisement
SKIP THIS
बालेन शाहले रुटिन अफ नेपाल बन्द किनेर चुनाव जितेको आरजुको दाबी

काठमाडौँ: नेपाली कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालको पेज ‘रुटिन अफ नेपाल बन्द’ किनेर चुनाव जितेको दाबी गरेकी छिन्।

उनले स्थानीय तह निर्वाचन जितेका स्वतन्त्र उम्मेदवारहरुले आ–आफ्नो गुण पहिचान गरेर नेता बनेको बताइन्। ‘यो अहिले जति पनि इन्डिपेन्डेन्ट जितेका छन् नि, उनीहरु एउटा एउटा गुण पहिचान गरेर नेता बनेका हुन्,’ राणाले भनिन्, ‘बालेन शाहको पकड हेर्नुभयो सोसल मिडिया, रुटिन अफ नेपाल बन्द। म ओपन्ली भन्न चाहँदिन। उहाँले कति कन्सल्टेन्सीमा हायर गर्नुभयो रुटिन अफ नेपाल बन्दलाई ?’

उनले त्यसलाई विश्लेषण गरेर परिचालन गर्दै शाहले राजनीति गरेको बताइन्। प्रयोग गर्यो। एनालाइसिस गर्यो,’ राणाले भनिन्, ‘राजनीति हो एभ्री थिङ इज फेयर भन्छ।’

तपाईको प्रतिक्रिया