निराकरण खबर अछाम:अछामको रामारोशन गाउँपालिकामा रहेको सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल रामारोशनको जिंगले तालामा सञ्चालन भईरहेका र्याप्टिङ ढुंगा नियन्त्रणमा लिईएको छ।
३ बर्ष अगाडि काठमाडौंको मस्टो आउटडोर्स कम्पनी प्राईभेट लिमिटेडबाट र्याप्टिङ ढुंगा उधारो ल्याएको र ३ बर्षमा समेत भुक्तानी नदिएका कारण केही दिन अगाडि नियन्त्रणमा लिईएको कम्पनीले जनाएको छ।
रामारोशन गाउॅपालिकाको तत्कालिन नेतृत्वले उधारोमा डुङ्गा ल्याएको तर उनिहरुको कार्यकाल समाप्त हुदाँ समेत भुक्तानि नगरेका कारण डुङ्गा नियन्त्रणमा लिनुपरेको कम्पनीले जनाएको छ।









