Advertisement
SKIP THIS
न्युनतम सेवा मापदण्डमा जिल्ला अस्पताल डोटीको ७५ प्रतिशत

निराकरण खबर डोटी: न्युनतम सेवा मापदण्डको आधारले जिल्ला अस्पताल डोटीले ७५ प्रतिशत अंक प्राप्त गरेको छ । विभिन्न सूचकका आधारमा मापन गरिंदा अस्पतालले ७५ प्रतिशत अंक पाएको हो ।

यो बिगतको तुलनामा सुधारोन्मुत अंक हो । छ महिना अगाडिको मापन अनुसार ७० प्रतिसत रहेकोमा अहिले ५ प्रतिसत बढेर ७५ प्रतिसत भएको हो । स्वास्थ्य निर्देशनालय राजपुरको आयोजना तथा जिल्ला अस्पताल डोटीको सहकार्यमा भएको एक कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको थियो । यसको मुल्याङ्कन स्वास्थ्य निर्देशनालयले गर्ने गर्दछ ।

फोहर व्यवस्थापन, लुगा धुने लगायतका केहि सूचकमा भने व्यवस्थापन राम्रो नभएका कारण अंक कम पाएको छ भने औषधीको व्यवस्थापन, बिरामी उपचार लगायतका केहि सूचकमा भने सन्तोषजनक अंक पाएको देखिन्छ ।
न्युनतक सेवा मापदण्डमा सुधार गर्दै जाने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर निराजन श्रेष्ठले बताए ।

‘अस्पतालका पुराना भवन भत्काएर नयाँ भवनहरु बनिरहेका कारण व्यवस्थापनमा केहि समस्या आइरहेको छ’, डाक्टर श्रेष्ठले भने, ‘केहि समयपछि भवन निर्माण सकियो भने हामी नयाँ व्यवस्थापनका साथ अस्पताललाई अगाडि बढाउनेछौं ।’
नयाँ आर्थिक बर्षमा एम्बुलेन्स, शब बाहन संचालन तथा शब व्यवस्थापनका लागि फ्रिज लगायतको स्थापना हुने डा. श्रेष्ठले बताए ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु मध्ये नमुनाको अस्पताल बनाउनुपर्ने डोटी जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंहले बताए । दिपायल सिलगढी नगरपालिकाका प्रमुख बिजय खड्काले सबैको उद्देश्य जनताको सेवा गर्नु भएकाले इमान्दार भएर काम गर्न अस्पतालका कर्मचारीलाई आग्रह गरे ।

डोटेली जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आफु अहोरात्र खट्ने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीले बताए । अक्सिजन प्लान्ट जडान भइसकेको छ, अस्पतालमा इन्डोस्कोपी मेसिन स्थापना लगायतका थप सेवासुबिधाका लागि आगामि दिनमा सक्रिय रहने अध्यक्ष नेपालीले जनाए ।

तपाईको प्रतिक्रिया