Advertisement
SKIP THIS
बिनायक बिनोद शाही मृत प्रकरण: प्रशासन भन्छ, स्थानिय र राजनीतिक दलले सहयोग गरेनन्

अछाम : जिल्लाको प्रहरी प्रशासन भन्छ घट्नाको अनुसन्धान गर्दा जुन क्षेत्रमा घट्ना भएको त्यस क्षेत्रका सरोकारवाला, राजनितिक दल, समाजसेवी, मृतकका आफन्तले साथ दिए दोषी छिटो पत्ता लाग्ने भएपनि स्थानिय र मृतकका आफन्तकै साथ नपाएको बताएको छ । घट्नाको अनुसन्धानका लागि खटिएको सिआईबीको टोलीले आफन्त र स्थानियलाई घट्नाका बारेमा बुझ्न खोज्दा उनिहरुले केही कुरा पनि बोल्न नचाहेको बताएको छ ।

घट्नाको गहिराईमा पुग्न सबै पक्षका कुरा सुन्नु पर्ने हुन्छ तर मृतकका आफन्त नै मृतकको बारेमा बोल्न नचाहदाँ अनुसन्धानमा ढिलाई भईरहेको प्रहरीको भनाई छ । मृतकका आफन्त संग कुरा गर्न खोज्दा उनिहरु बोल्न नचाएको र त्यस क्षेत्रका अन्य बासिन्दाबाट समेत सहयोग नपाएको प्रहरी प्रशासनले जनाएको छ ।

मृतकका आफन्त र केही स्थानिय राजनितिक दलहरुले एकहोरो किटानी जाहेरी दिएकाहरुलाई पक्राउ गर्न मात्रै माग गरिरहेको प्रहरी प्रशासनको भनाई छ । जिल्ला प्रशासनको अगुवाईमा पटक पटक सर्वदलिय, सर्वपक्षिय बैठक आव्हान गर्दा पनि उनिहरु बैठकमा सहभागी नै नभएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

यसअघि ३ पटक सम्म बैठक आव्हान गर्दा पनि पिडित पक्ष र केही राजनितिक दल बैठकमा सहभागी नभएको प्रशासनले बताएको छ । शुक्रबार पनि स्थानिय राजनितिक दलका प्रतिनिधी र मृतकका आफन्त लाई बैठकमा बोलाउदा समेत उनिहरु उपस्थित भएनन् । बैठकमा कांग्रेसका प्रतिनिधी र मानवअधिकारकर्मी मात्रै उपस्थित हुदाँ बैठक हुन सकेन् ।

मृतकका आफन्त र स्थानिय राजनितिक दल एमाले, माओवादी, समाजबादीका प्रतिनिधीहरुले किटानी जाहेरी गरेकाहरुलाई पक्राउ गरी अनुसन्धान गर्नु पर्ने तब मात्रै बैठकमा बस्ने अडान राख्दै आएका छन् ।किटानी जाहेरी गरेक व्यक्तीलाई पक्राउ नगरेसम्म आफ्नो आन्दोलन जारी रहने कुरा बैठकमा आएर सुनाउदैँ उनिहरु फर्किएका थिए ।

यता जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला प्रहरी कार्यालय अछामले घट्नाको अनुसन्धान भईरहेको जानकारी दिएको छ । सबै कोणबाट अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त प्रमुख प्रहरी निरिक्षक कैलाश बिष्टले बताए । बिष्टका अनुसार हालसम्म किटानी गरिएका मध्ये ५ जनालाई पक्राउ गरेर अनुसन्धान भईरहेको छ भने बाँकी अरुलाई पनि सोधी खोजी गरि अनुसन्धान गरिने उनले बताए ।

तपाईको प्रतिक्रिया