Advertisement
SKIP THIS
अछाम पञ्चदेवल विनोद शाही मृत प्रकरण : बाम गठबन्धनद्वारा जिल्ला प्रशासन घेराउ

निराकरण खबर अछाम:अछामको पंचदेवल विनायक नगरपालिकामा मृत भेटिएका विनोद शाहीको न्यायका लागी भन्दै शुक्रबार ४ वटा राजनीतिक दलले संयुक्त रुपमा जिल्ला प्रशासन अछाम घेराउ गरेका छन् ।

विनोदको हत्या भएको दाबी गर्दै पञ्चदेवल बिनायक नगरपालिका प्रमुख अम्बिका चलाउने सहित १३ जनाको नाममा किटानी जाहेरी दर्ता गर्दा समेत उनीहरूलाई प्रहरीले पक्राउ नगरेको भन्दै आफन्त सहित नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र विप्लव माओवादीले संयुक्त रुपमा जिल्ला प्रशासन घेराउ सहित प्रदर्शन गरेका हुन ।

वैशाख ३० गते भएको निर्वाचनको बिषयलाई जेठ १७ गते नगरपालिकाको वडा नम्बर ४ कालिका स्थानको कुच्चिमा
विवाद भएको थियोे । बिवाद भएको दिनदेखि नै १६ वर्षीय बेपत्ता भएकोमा जेठ २१ गते नजिकैको कुच्ची भिरको खोँचमा मृत भेटिएका थिए ।विनोदको कांग्रेस कार्यकर्ताले हत्या गरेको आफन्त तथा अन्य राजनीतिक दलले आरोप लगाउँदै आएका छन् ।

विनोदको हत्या भएको दाबी सहित आफन्तले जेठ २१ गते देखी
पञ्चदेवल बिनायक नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण नगरबाट प्रदान हुने सेवा तथा सुविधाबाट आम नागरिक वञ्चित भई रहेका छन् ।अछाम अन्य स्थानीय तहको आर्थिक बर्ष २०७९/८० बजेट ल्याउने तयारी गरिरहदाँ पञ्चदेवल बिनायक नगरपालिकाको भने ठप्प नै रहेको छ।

किशोरको मृत्युबारे १२ दिनदेखि संघीय प्रहरी इकाइ महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे र केन्द्रिय अनुसन्धान ब्यूरोका डिएसपी मनोहर भट्ट नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ। घटनामा संलग्नको आसंकामा अहिलेसम्म ५ जनालाई प्रकाउ गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय अछाम सुचना अधिकारी प्रहरी निरिक्षक कैलास बिष्टले बताए

तपाईको प्रतिक्रिया