Advertisement
SKIP THIS
सुदूरपश्चिम सरकारद्वारा बयालपाटा अस्पताललाई ५ करोड मात्रै बजेट बिनियोजन

निराकरण खबर अछाम:प्रदेश सरकारले बयालपाटा अस्पताललाई ५ करोड बिनियोजन गरेको छ।

प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले आज प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अस्पताल बयालपाटा अछामको सुदृढीकरण तथा विकासका लागि रू. ५ करोड पूँजीगत अनुदानको व्यवस्था बताए ।

बयालपाटा अस्पताललाई प्रदेश सरकार मातहत ल्याउन
आवश्यक प्रक्रिया अगाडि बढाईने समेत आर्थिक मामिलामन्त्री प्रकाश रावलले बताए ।गत आर्थिक बर्षमा बयालपाटा अस्पताललाई प्रदेश सरकारले ८ करोड बिनीयोजन गरेको थियो । अहिलेसम्मकै अवस्थामा बयालपाटा अस्पताल सञ्चालनको लागि २० करोड आवश्यक रहेको छ।

तपाईको प्रतिक्रिया