Advertisement
SKIP THIS
मंगलसेन नगरपालिकाद्वारा आगामी बर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक: शिक्षा,स्वास्थ्य,कृषि प्राथमिकतामा

अछाम:मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षा,स्वास्थ्य,कृषि लाई विषेश प्राथमिकतामा राख्दै नगरपालिकाका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख बोहराले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गरे।

नगरका १४ वडै वडामा बिद्यालयका भौतिक संरचनाहरुलाई सुधार गर्ने,सबै बिद्यालयहरुमा ईन्टरनेटको ब्यवस्था मिलाई प्रबिधिमैत्रि शिक्षामा जोड दिने,नगरमा रहेका २ वटै बहुमुखि क्याम्पसहरुको स्तरबृद्धिका लागी अनुदानको ब्यवस्था मिलाउने,बाँकी रहेका बिद्यालयहरुमा आईसिटिको ब्यवस्था गर्ने लगाएतका कार्यक्रमहरु निति तथा कार्यक्रममा समेटीएका छन ।

स्थानिय भाषा,कला,लोक सँस्कृतिलाई संरक्षण गरिने,युवाहरुलाई बिदेशिन नदिन युवालक्षित कार्यक्रमहरु सञ्चालन गरिने,महिनावारी व्यवस्थापनका लागी आवश्यक कार्यक्रम अघि बढाईने,स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सुधार गरि हरेक नागरिकलाई स्वस्थ्य राख्न स्वास्थ्यका क्षेत्रमा आवयक कार्यक्रमहरु अघि बढाईने,स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागी उक्त कार्यक्रमलाई टोल स्तरसम्मै सञ्चालन गर्ने,आर्थिक अवस्था कमजोर भएका,दिर्घरोगिहरुको निशुल्क स्वास्थ्य विमा गरिने लगायतका कार्यक्रमहरु समेटिएका छन ।

कृषिक्षेत्रलाई थप चलायमान बनाउनका लागी “एक घर करेसाबारी,पोषणयुक्त नगरबासी” भन्ने नारालाईसफल पार्नका लागी बहुक्षेत्रिय पोषण योजनलाई निरन्तरता दिईने पनि निति तथा कार्यक्रममा उल्लेख छ । यसका साथै बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्ने आमालाई पोषण भत्ताको ब्यवस्था गरिने,आधारभुत स्वास्थ्य सेवालाई नागरिकस्त सम्म लैजानका लागी यसको नियमन,अनुगमन प्रभावकारी रुपमा गर्ने,नगरपालिका भित्रका प्रत्येक सरकारी कार्यालयहरुमा स्तनपान कक्ष निर्माणको कामलाई अघि बढाईने,सुत्केरी तथा गर्भवती आमाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै रास्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नगरका २ स्थान (वडा नः १२ को छापडाँडा र १३ को बस्ति) मा हेली प्याडको निर्माण गरिने,जेष्ठ नागरिकको सम्मान कार्यक्रमलाई निरन्तरता दिईने लगाएतका कार्यक्रम पनि उल्लेख गरिएको छ ।

नगरक्षेत्रभित्र रहेका मसानघाटहरुमा प्रतिक्षालय निर्माण गर्ने,अछाम दरबारको निर्माणका कार्य पुरा गर्न लगाई पर्यटन प्रबद्धनमा सहयोग गर्ने,पुरातात्विक सम्पदाहरुको संरक्षण गरिने,बिद्युतको पहुँचमा जोडिन बाँकि वडा नः १३ मा बिद्युत बिस्तार गर्ने र प्रत्येक वडाका बाँकि टोलहरुमा बिद्युत बिस्तार गरिने लगाएतका कार्यक्रमहरु निति तथा कार्यक्रममा समाबेश छन ।

पुर्बाधार क्षेत्र अन्तरगत मंगलसेन–बस्ति,मंगलसेन–कालागाँउ सडकलाई कालोपत्रे गर्न संघिय सरकार र प्रदेश सरकारंग समन्वय गर्ने,बिद्युत,सञ्चार,खानेपानी तथा अन्य विकासका पुर्बाधारहरु लाई क्रमिक रुपमा अघि बढाउँदै लैजाने,कृषि उपजलाई संकलन गर्नका लागी बिभिन्न सँघसँस्थाहरु संग सहकार्य गरि सहकारी तथा तरकारी संकलन केन्द्रको स्थापना गरिने पनि उल्लेख छ ।

राजश्व संकलन गर्न सकिने क्षेत्रको पहिचान गरि करको दायरा बढाईने,जनताको कर जनतामै लगानी भन्ने मुल नारालाई आत्मसाथ गर्दै राजश्व संकलन कार्यलाई प्रत्यक वडा कार्यालयहरु बाट बिद्युतिय प्रणाली मार्फत संकलन गरिने पनि निति तथा कार्यक्रममा उल्लेख छ । सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन इन्धन,सवारी मर्मत,भत्ता खाजा र बिबिध प्रकृतिका खर्चमा कटौती गरिने,नगरबाट हुने भुक्तानी प्रकृयालाई सहज र प्रभावकारी बनाउन बिद्युतिय भुक्तानी प्रणालीलाई प्रयोगमा ल्याईने,नागरिकको शान्ती सुरक्षालाई थप प्रभावकारी बनाउन वडा नः १३ र १३ मा अस्थाई प्रहरी पोष्ट स्थापना गरिने,नगर प्रहरी भर्ना कार्यक्रमलाई तत्काल अघि बढाईने पनि कार्यक्रममा उल्लेख छ ।

तपाईको प्रतिक्रिया