Advertisement
SKIP THIS
नयाँ शहर आयोजना साँफेबगरले बनाउने बसपार्कको जग्गाको मुआब्जा बितरण कार्य सुरु

निराकरण खबर अछाम:नयाँ शहर आयोजना साफेबगर नगरपालीका ३ हाटबजारमा बनाउने आधुनिक बस पार्कको लागि आवश्यक पर्ने जग्गाको मुआब्जा बितरण कार्य सुरु गरको छ ।

मंगलबार साफेबगर नगरपालीका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले जग्गा धनी नरेन्द्र प्रशाद उपाध्यायलाई ७५ लाख ७५ हजार ४८ को चेक हस्तान्तरण गरे ।
आयोजनाले हालसम्म सम्पर्कमा आएका ८ जग्गाधनीको बैक खातामा २ करोड ४७ लाख ८७ हजार ५ सय ८० रुपैया जम्मा गरिदिएको आयोजना प्रमुख घनश्याम श्रेष्ठले बताए ।

अझै ९ जग्गा धनी सम्पर्कमा नआएका, सम्पर्कमा नआएकाहरुलाई जति सक्दो चाडो आयोजनाको कार्यालय साफेबगरमा सम्पर्क गर्न आयोजना प्रमुख श्रेष्ठले बताए । सम्पर्कमा नआएका जग्गा दाताहरुलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको नगर बिकास समितीका पुर्ब अध्यक्ष मोहन कुँवरले बताए ।

तपाईको प्रतिक्रिया