Advertisement
SKIP THIS
अछाममा आगलागीमा परि एक जनाको मृत्यु

निराकरण खबर अछाम:अछाममा आगलागीमा परी एक पुरुषको मृत्यु भएको छ । सोमबार राति जिल्लाको रामारोशन गाउपालिका वडा नम्बर ५ नेटाकोटका ५० बर्षिय नर बहादुर साउँदको आगलागीमा परि मृत्यु भएको हो ।

सोमबार राति स्थानिय केशर साउदको पसलमा सुतिरहेका बेला आगोलागी हुदाँ उनका मृत्यु भएको हो । आगलागीमा परि उनको मृत्यु भएको स्थानीयले आज दिउसो मात्र थाहा पाएका थिए ।पसलमा राती करिव २ बजे आगलागी भएको स्थानीयले बताएका छन् ।

मृतकको शव पोष्ट मार्टमको लागि जिल्ला सदरमुकाम मंगलसैन ल्याउने तयारी भईरहेको छ ।

तपाईको प्रतिक्रिया