Advertisement
SKIP THIS
अछाममा सर्पले टोक्दा एक गर्भवती महिलाको मृत्यु

निराकरण खबर अछाम: अछाममा सर्पले टोकेर एक गर्भवती महिलाको मृत्यु भएको छ।

सोमबार राति जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ५ लयाँटीमा ३२ बर्षिय गर्भवती महिला रामपुरा शाहीको मृत्यु भएको मृतका जेठाजू लालबहादुर शाहीले जानकारी दिए।

सोमबार राति सुतेको अवस्थामा सर्प घरभित्र पसेर करिब १० बजेतिर डसेको डसेपछि गाउँमै झारफुक गराएको बिहान मात्रै अस्पताल ल्याउन तयारी गरिरहेकै अवस्थामा रामपुराको मृत्यु भएको हो । मृतक शाही ६ महिनाको गर्भवती रहेको बताईएको छ। रामपुराका एक छोरा, एक छोरी छन् । । 

तपाईको प्रतिक्रिया