निराकरण खबर अछाम:अछामको साफेबगर नगरपालिका १० घुघुरकोटको हावाहुरी घुघुरकोट माध्यमिक बिधालयको छाना उठाएको छ।
जेष्ठ ३० गते आएको हावाहुरी बिधालयको ६ कोठे भवनमा लगाएको कर्कट पाता उडाएको शिक्षक कम्मान सिह खड्काले बताए ।
हावाहुरीले बिधालयको छाना उडाउदा कक्षा १ देखि५ सम्मका बिधार्थि खुला चौरमा पठनपाठन गराउनु परेको शिक्षक खड्काले बताए । गर्मि मौसममा खुला चौरमा पठनपाठन गराउनु पर्दा पठनपाठन समेत प्रभावित भएको छ।