Advertisement
SKIP THIS
मेयर हमालले सहयोग गर्दा कैलाली जिससमा सत्तारुढ गठबन्धन बिजयी

धनगढी:कैलाली जिससमा सत्तारुढ गठबन्धनका प्रमुख र उपप्रमुख विजयी भएका छन् ।

समितिको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल निर्वाचित भएका छन् । उनले १३ मत पाउँदा नागरिक उन्मुक्तिका इन्द्र चौधरीले १२ मत पाए। उपप्रमुखमा माओवादीका खगराज भुसाल १३ मत पाएर विजयी भए। एमालेका राजेन्द्र खनालले १२ मत पाए।

कैलालीमा सत्ता गठबन्धनअन्तर्गत काँग्रेस, माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका थिए। गठबन्धनका उम्मेदवारलाई धनगढीका मेयर गोपाल हमालले पनि सहयोग गरेका थिए।

यस्तै नागरिक उन्मुक्ति र एमालेबीच छुट्टै तालमेल भएको थियो। भ्रष्टाचार मुद्दाका कारण माओवादीबाट निर्वाचित मोहन्याल गाउँपानीका देवीदत्त उपाध्यायले भने मतदान गर्न पाएका थिएनन्।

तपाईको प्रतिक्रिया