Advertisement
SKIP THIS
भारतबाट फर्केका अछामको चौरपाटीका एक जनाको धनगढी मृत्यु: ३ जना प्रकाउ

घनगढी:भारतबाट स्वदेश फर्केका एक पुरुषको मृत्यु भएको छ।

अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीय धनबहादुर शाहको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकास जोशीले मृत्युको कारण खुल्न नसकेको बताए।

भारतबाट फर्केर शाहसहित केही व्यक्ति धनगढी बसपार्कको होटेलमा बसेका थिए, डिएसपी जोशीले भने, शाह बिरामी भएपछि सेती अस्पतालमा उपचार गरिएको रहेछ। सन्चो भएपछि अछामका लागि हिडेका र कैलालीकै फल्टुडे पुगेपछि शाह फेरि बिरामी भएका रहेछन्। उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल ल्याइएकोमा त्यहीँ मृत्यु भएको हो।

यता मृतकका आफन्तले भने शाहको हत्या भएको भन्दै जाहेरी दिने तयारी गरेका छन्। प्रहरीले भने मृतकको पोस्टमार्टम सेती अस्पतालमा भइरहेको र अहिले घटनाबारे बिस्तृत भन्न नसकिने जनाएको छ।

डिएसपी जोशीले शाहसंगै आएका तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए। शाहसंग आएका व्यक्ति भारतमा चोरीमा सग्लन रहेको र सोही बिषयमा उनीहरुबीच विवाद भएको पनि आशंका गरिएको छ।

तपाईको प्रतिक्रिया