Advertisement
SKIP THIS
कांग्रेस अछामका उपसभापति दिएको राजिनामा स्वीकृत

अछाम : नेपाली काग्रेस अछामका उपसभापती चन्द्र प्रसाद ढुंगानाले दिनु भएको राजिनामा स्वीकृत भएको छ । नेपाली काग्रेस अछामको आईतवार बसेको जिल्ला कार्यसमितिको बैठकले उपसभापती ढुंगानाको राजिनामा स्वीकृत गरेको हो ।

मंगलसेनमा सम्पन बैठकले बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा असहयोग गरेको, पार्टीको हितविपरीत कार्यहरू संचालन गरेको भन्दै राजिनामा स्वीकृत गरिएको नेपाली काग्रेसका एक नेताले बताएका छन ।

२०७८ सालको फागुन २३ सम्पन्न भएको पार्टीको जिल्ला अधिवेशनबाट सबैभन्दा बढी मत ल्याएर पार्टीको उपसभापती पदमा निर्वाचित भएका ढुंगानाले आफ्नै वडामा नेपाली काग्रेसका उमेदवार ठुलो मतान्तरले पराजित भएको भन्दै जेठ १० गते राजिनामा दिएका थिए ।

उक्त वडा नेपाली काग्रेस अछामका सभापति पुष्प बहादुर शाहको वडा पनि हो । निर्वतमान सभापति भरत कुमार स्वारले पार्टीलाई बिधि बिधानमा नचलाएको पार्टी भित्र मनपरि गरेको भन्दै यश अघिको कार्यकालमा समेत उपसभापति पदबाट राजिनामा दिएमा ढुंगाना २०७८ सालको फागुनमा भएको जिल्ला अधिबेशन भरत कुमार स्वारकै प्यानलबाट उपसभापति पदमा निर्वाचन लडेका थिए।

तपाईको प्रतिक्रिया