Advertisement
SKIP THIS
खप्तड-शैलेश्वरी म्याराथन प्रतियोगितामा नेपाली सेनाका शाही प्रथम

निराकरण खबर डाेटि:सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’ को प्रतियोगितामा नेपाली सेनाका भवानी बक्स गण अछाममा कार्यरत अमलदार सुशील कुमार शाही प्रथम भएका छन् ।

श्री नम्बर ५ बाहिनी अड्डा राजपुर,डोटी उद्योग बाणिज्य संघ, भैरव प्रसाद गण सिलगढीको सयुक्त आयोजनामा सम्पन्न म्याराथनमा ४१ जना प्रतिशपर्धी लाई पछि पार्दै शाही प्रथम भएका हुन् ।

शनिबार बिहान खप्तडको त्रिवेणी मन्दिरबाट सुरु भएको म्याराथन प्रतियोगितामा शाही २ घण्टा १८ मिनेट ३१ सेकेन्डमा डौडको अन्तीम प्वाईन्ट शैलेश्वरी मन्दिर सिलगढी पुग्दै प्रथम भएका थिए । त्यस्तै रणवम गण डडेल्धुराका सिपाही नरेश सिंह बोहरा २ घण्टा ३० मिनेट ५७ सेकेन्ड पार गर्दै द्वितीय भएका छन् । भने रणवम गण डडेल्धुराका सिपाही राम सिंह पाल २ घण्टा ३२ मिनेट ४३ सेकेन्ड पार गर्दै तेस्रो भएका थिए ।

प्रतियोगितामा मेल्लेक गाउँपालिका ५ का सिभिल धावक सागर धामी २ घण्टा ३५ मिनेट ४० सेकेन्डमा पार गर्दै चौथो भएका छन् । त्यस्तै त्रिवेणी नगरपालिका बाजुरा घर भएका सागर सार्कीले २ घण्टा ४४ मिनेट ५ सेकेन्डमा पार गर्दै पाँचौ भएका छन् ।

त्यस्तै भवानी बक्स गण अछामका सिपाही मोती बिक छैटौं, गुरु गोरख गुल्म दार्चुला सिपाही दिपेन्द्र महत सातौं, सिंह सार्दुल गुल्म खप्तडका लोकबहादुर बुढा र धन सिंह दोवाल आठौं र नवौं स्थान हासिल गर्न सफल रहेका थिए भने दशौं स्थानमा कैलालीका उमेश मगर आएका थिए ।

भु-स्वर्गका नामले चर्चित रहेको खप्तड राष्ट्रिय निकुञ्ज देखि डोटी जिल्लाको प्रसिद्ध शैलेश्वरी मन्दिर सम्म ३२ किलोमिटरको म्याराथन प्रतियोगितामा ४२ जना धावकहरुको सहभागिता रहको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए । जसमा २१ जना पश्चिम हेड क्वाटर अन्र्तगतका गुल्म र गणहरुबाट सहभागि रहेका थिए भने २१ जना सिभिल धावकहरु रहेका थिए ।

खप्तड क्षेत्रको अपार पर्यटकीय सम्भावनालाई प्रचार प्रसार गर्नुका साथै बिकास र प्रवद्र्धक गर्न सहयोग पुगोस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको समेत प्रमुख सेनानी कार्किले बताए ।

तपाईको प्रतिक्रिया