Advertisement
SKIP THIS
अछामका शाह अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त

अछाम: अछामका युवा उद्यमी स्वतन्त्रप्रताप शाह अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त भएका छन्। उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियूक्त गरेको हो।

नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयले उनलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको छ। शनिबार मन्त्रालयका सह–सचिव होमप्रसाद लुइँटेलले शाहलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन्।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घका अध्यक्षसमेत रहेका शाहले नेपाली राजदूतावाससहित सरोकारवाला निकायहरूसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि काम गर्नेछन्।

शिक्षण र होटल व्यवसायमा आवद्ध उनले गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलियाका लागि उपाध्यक्ष भएर काम गरिसकेका छन्। 

तपाईको प्रतिक्रिया