Advertisement
SKIP THIS
प्रसारण लाइनमा मानिस चढेपछि माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द

नुवाकोट:बिजुलीको प्रसारण लाइनको पोलमा मानिस चढेपछि माथिल्लो त्रिशुली थ्री ए को उत्पादन तीन घण्टादेखि बन्द गरिएको छ।

नुवाकोटको शान्ति बजारमा रहेको माथिल्लो त्रिशुली थ्री ए उत्पादन गृहबाट  काठमाडौं लगिएको २२० केभीको प्रसारण लाइनको पोल रहेको ककनी गाउँपालिका–७ बुधेनीमा मानसिक सन्तुलन गुमाएका एक व्यक्ति चढेपछि उत्पादन बन्द गर्नु परेको माथिल्लो त्रिशुली थ्री ए का सहायक प्लान्ट प्रमुख विजयकुमार मिश्रले जानकारी दिए।

मिश्रका अनुसार विहान ११.३० बजेबाट उत्पादन बन्द गरिएको हो। ‘६० मेगावाटको फूलफेजमा उत्पादन भइरहेको थियो। अहिले तीन घण्टादेखि बन्द गरेका छौँ,’ उनले भने, ‘पोलमा चढेको मानिस नउत्रेसम्म बन्द नै हुन्छ।’

पुगेकाले उसलाई ओलाल्ने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए। ‘तलबाट बोलाउँदा ओर्लिएको छैन। अब प्राविधिकहरु आफैं माथि चढेर ओराल्ने प्रयास भईरहेको छ,’ खड्काले भने । 

तपाईको प्रतिक्रिया