Advertisement
SKIP THIS
साँफेमा ढकारी गाउँपालिकाको गाडि सडकमै पल्टियो, को को थिए गाडिमा सवार

निराकरण खबर अछाम:अछामको ढकारी गाउँपालिकाको गाडी बिच सडकमा पल्टिएको छ। गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी साँफेबगर नगरपालिका-४ स्थित ईन्द्रसरा आयल स्ट‍ोर नजिकैको सडकमा पल्टिएको हो।

धनगढीबाट ढकारी जाँदै गर्दा शनिबार बिहान ५ बजे साँफेबगरमा गाडी पल्टिएको बताइएको छ। दुर्घटनामा गाडी चालक ढकारीकै ४३ वर्षीय लली नेपाली सामान्य घाइते भएका र उनको ध्रुवतारा अस्पताल साँफेबगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए। तिब्र गतिको गाडि सडकको भित्तामा ठ‍ोकिएर पल्टिएको देखिन्छ ।गाउँपालिका अध्यक्ष प्रकाश साउँदलाई भने कुनै चोट नलागेको उनले बताए।

त्यस्तै, गाडीमा ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकलादेवी शाही, उनको १ वर्षीय छोरा, बच्चा हेरालु ३४ वर्षीय वीरेन्द्र शाही, चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष सरुदेवी खड्का र उनकी छोरी २० वर्षीया वर्षा खड्का रहेका प्रवक्ता विष्टले बताए। उनीहरुलाई चोटपटक भने नलागेको बताइएको छ। 

तपाईको प्रतिक्रिया