निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालिका वडा नम्बर ४ इन्द्रसरा आयल स्टोर नजिकै गाउँपालिकाको गाडि दुर्घटना भएको छ।
शनिबार बिहान ५ बजे तिर बिच सडकमै गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी पल्टिएको हो ।गाडी धनगढीबाट ढकारी जादै गरेको थियोे ।
गाडी सडकमै पल्टिए पछि चालकको छाति र गाउँपालिका उपाध्यक्ष नेत्रकला शाहिलाई सामान्य चोट लागेको छ।भने गाउँपालिका अध्यक्ष प्रकाश साउदलाई कुनै चोट लागेको छैन।