Advertisement
SKIP THIS
जिल्ला अदालतले जबर्जस्ती प्रेमिलाई जेल पठायो: उच्चले छाड्न आदेश दियो

पोखरा:उमेर नपुगी प्रेम विवाह गरि बच्चा समेत जन्माइसकेका प्रेम जाेडीलाई जबरजस्ती करणी करार गरि छुटाइदिने कास्की जिल्ला अदालतकाे फैसला बदर भएकाे छ । उच्च अदालत पाेखराले शुक्रबार जिल्ला अदालतकाे फैसला केही उल्टी गर्दै बालविवाहमा परिणत गरिदिएकाे हाे ।

उच्च अदालत पाेखराले जबरजस्ती करणीमा मागदाबी नपुग्ने भन्दै बालविवाह मात्रै ठहर गरेकाे हाे । कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्री धराकुमारी पुडासैनीकाे इजलासले बाल विवाह मात्रै ठहर हुने फैसला सुनाएका हुन् ।

बालविवाहकाे कसुरमा बाल सुधारगृहमा रहेका किशाेरलाई १ वर्ष कैद र १० हजार जरिवानाकाे फैसला गरिएकाे छ ।
यस फैसलासँगै किशाेर थुनामुक्त हुने भएका छन् । किशाेर करिब २ वर्षदेखि थुनामा थिए ।

तपाईको प्रतिक्रिया