Advertisement
SKIP THIS
दैविक प्रकोपका घटनामा फसेकालाई उद्धार गर्न अभ्यास

निराकरण खबर अछाम:अछाममा बाढी पहिरोबाट प्रभावितका साथै भिरमा फसेका ब्याक्ती तथा मृत शरिरको उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । शुक्रबार नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुयुक्त रुपमा कैलाश खोलामा अभ्यास गरेका छन ।

बर्षा यामको समयमा बिभीन्न प्रकारका दैविक प्रकोपका घटना घट्न सक्ने आकलन गर्दै मर्सिकोर नेपाल र वाक नेपालद्धारा सञ्चालीत भकारी परियोजनाको सहयोगमा तिनै सुरक्षा निकायले सयुक्त कृत्रिम घटना अभ्यास गरेएका हुन ।

अभ्यासमा बाढीमा फसेका,भिरमा फसेका,नदिमा डुबेकाहरुलाई कसरी सुरक्षीत रुपमा उद्धार गर्न सकिन्छ भनेर अभ्यास गरिएको थियो । कार्यक्रम अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी तिनै सुरक्षा निकायमा प्रमुखको सहभागीता रहेको थियोे ।

अछाम बाढी पहिरोको उच्च जोखिममा रहेको जिल्ला भएकाले आईपर्ने दैवीप्रकोपबाट जोखिम कम गर्न, दैवीप्रकोपले निम्ताएको घटना कसरी सुरक्षित तवरले उद्दार र घाइतेहरुको जतिसक्दो चाडै उपचार गर्न सकिन्छ भनेर पुर्व अभ्यास गरिएको प्रमुख जिल्ला अधिकार विश्वराज मरासिनीले बताए ।

तपाईको प्रतिक्रिया