Advertisement
SKIP THIS
घुस लियर कैद सजाय मिनाहाको आरोप लागेका अछाम कारागारका जेलर शाही सरुवा

निराकरण खबर अछाम: १ लाख ५० हजार लियर कैद मिनाहा को आरोप लागेका अछाम कारागारका जेलर धन बहादुर शाही सुरुवा भएका छन। सुरुवा भएर समेत ५ महिना देखि अछाम कारागारमा बसिरहेका जेलर शाहि ग्यालेक्सी फोर के टेलिभिजनको सिधाकुरामा समाचार प्रशारण भएको भोलिपल्ट बुधबार नै रमाना लियर मालपोत कार्यलय दैलेख गएका छन् ।

शाहि ५ महिना पहिले जिल्ला मालपोत कार्यालय दैलेख सरुवा भएका थिए । सुरुवा भएर पनि रमाना नलिई शाहि जिल्ला कारागार अछममा बसेका थिए । उनले गणतन्त्र दिवसको दिन कैद मिनाहा गरिदिने भनेर कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका जुम्ला तातोपानी ६ का हर्क रावल दम्पतीबाट १लाख ५० हजार लिएका थिए । ७ बर्ष ११ महिना १८ दिन सजाय काट्न बाकि रहेका हर्क रावल र सजाय काट्न बाकि उनकि श्रीमती सरस्वती रावललाई ८ बर्ष ३ महिना कदै मिनाह गरिदिन्छु भन्दै उप्त रकम लिएका थिए ।

आफुहरुलाई कैद मिनाहा गरिदिने मिनाहा गरेबापत २ लाख मागेको तर पछि १ लाख ५० हजार दिएको हर्क रावलले बताए ।
रावल आफ्न्तले जिल्ला कारागार अछामका सहयोगी रुपराज ढुंगानाको नाम गोल्बल आईएमी बैंकमा १ लाख र राष्ट्रिय बाणिज्य बैंकमा ५० हजार पठाएको समेत खुलेको छ।

आफ्नो खातामा १ लाख ५० हजार आएको कारागारका सहयोगी ढुंगानाले बताए । यस अधि समेत कैदिहरुको पैसा आउने गरेको कैदिले भनेको ठाउँमा पठाईदिने गरेको रुपराजले बताए । रावल दम्पतीले नै जुम्लाबाट पैसा आउद‌ैछ,काठमाडौं पठाईदिनु भनेकोले त्यसै अनुरुप गरिदिएको ढुंगानाले बताए ।

कारागार प्रमुख हुदाँ शाहीले कैदिलाई नाईके बनाईदिन्छु भन्दै असुली गर्ने गरेको, कारागारका कैदिलाई धम्काउने, सरुवा गरिदिन्छु भन्ने गरेको समेत स्रोतले बतायो। शाही सुरुवा भएर दैलेख मालपोत गएपछि उनको ठाउँमा जिल्ला प्रशासन कार्यालय अछामबाट नायव शुब्बा अमर बहादुर धामीलाई जेलरको रुपमा पठाएको छ।

तपाईको प्रतिक्रिया