Advertisement
SKIP THIS
बिनायक कालिकास्थान घटना: पिडित पक्षद्वारा १३ जनाको नाममा किटानी जाहेरी

अछाम:अछाम पञ्चदेवल विनायक नगरपालिका -४ का १६ वर्षीय किशोर विनोद शाहीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् ।  शव भेटिएको ६ दिनपछि उनको पोस्टमार्टम गरिएको छ।

पीडित पक्षले १३ जनाको नाममा दिएको किटानी प्रहरीले दर्ता गरेपछि पोस्टमार्टम गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार नवनिर्वाचित जनप्रतिनिधि लगायतको नाममा किटानी जाहेरी दर्ता भएको छ । बुधबार दुई जनालाई अनुसन्धानका लागि छानबिनमा तानिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए । अनुसन्धानको निष्कर्षनजिक पुगिसकेका छौं । केही दिनमा सार्वजनिक गर्छौ।

यसअघि पनि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोलीसमेत खटिएको छ ।

तपाईको प्रतिक्रिया