Advertisement
SKIP THIS
अछाम बिनायक घटना प्रकरण: मृतकका परिवार र प्रशासन बिच २ बुदे सहमति

निराकरण खबर अछाम:अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १६ वर्षीय किशोर विनोद शाहीको शव उठाएर पोष्ट मार्टम गर्ने सहमति भएको छ। उनको शव भेटिएको ५ दिनपछि मृतका आफन्त र प्रशासनबीच सहमति भएको हो।

मृतका आफन्त र प्रशासनबीच शवको परीक्षण गर्ने, घटनाको छानबिन गर्ने र आवश्यकता अनुसार कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा सहमति भएपछि शव उठाउन लागिएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।१७ जेठमा वेपत्ता भएको विनोदको शव २१ गते वडा नं ४ को टिमिराउटे भिरमा फेला परेको थियोे ।

नेकपा एमालेलगायतका दलले नेपाली कांग्रेसका कार्यकर्ताले विनोदको हत्या गरेको आरोप लगाएका छन् । तर कांग्रेसले भने त्यसलाई खण्डन गरेको छ । प्रहरीले शाहीको हत्या अभियोगमा ४ जनालाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया