Advertisement
SKIP THIS
वेस्टर्न क्रिस्टल एकेडेमी आफ्ना एचएम अध्यनरत विद्यार्थीलाई नि:शुल्क गोवा भ्रमण गराउदै

धनगढी: धनगढीमा रहेको वेस्टर्न क्रिस्टल एकेडेमीले आफ्ना एचएम अध्यनरत कक्षा १२ का विद्यार्थीलाई बिश्वकै प्रटकिय शहर गोवा भ्रमण गराउने भएको छ ।

एकेडेमीले नेपालमै पहिलो पटक आफ्ना बिद्यार्थिलाई निशुल्क हवाई भाडा सहित गोवा भ्रमण गराउन लागेको हो । यस अघि पनि एकेडमीले आफ्ना विद्यार्थीलाई रेल मार्फत गोवा लगिसकेको छ । यस पटक भने यात्रा सहजका लागि हवाई मार्गद्वारा विद्यार्थीलाई शैक्षिक भर्मणमा लगिदै छ । हरेक बर्ष यसरी नै शैक्षिक भर्मणलाई निरन्तरता दिने अतिरिक्त क्रियाकलाप प्रमुख नितिश जोशीले बताए ।

भारतको पर्यटकीय स्थल गुवामा रहेका होटलको स्तर र त्यहाँको व्यबस्थापनका बारेका जानकारी दिन विद्यार्थीलाई लैजान लागेको जोशीले जानकारी दिए ।

यस्ता कार्यक्रमले गर्दा विद्यार्थिको थप प्रोत्साहित हुने बताउँदै उनले विद्यार्थिको पढाइलाई थप ऊर्जावान् र गुणस्तरीय बनाउन कलेज सबै अगाडी रहने बताए ।

कलेजले बिद्यार्थिलाई नयाँ प्रबिधि र व्यवस्थापन सिकाउन यस्ता कार्यक्रम सधैँ गरीरहेने जोशीले बताए । जोशीका अनुसार यसै वर्षबाट धनगढीमा आफ्नै सुविधा सम्पन्न भवनमा पढाई सुरु हुने छ ।

तपाईको प्रतिक्रिया