Advertisement
SKIP THIS
बिनायक कालिकास्थान बिनोद शाही प्रकरण: उनकै वडाका ५ जना प्रकाउ

निराकरण खबर अछाम :अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय किशोर विनोद शाहीको हत्या अभियोगमा ५ जना प्रकाउ परेका छन ।

मंगलबार साझँ सिआईबिको टोलिले उनिहरुलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले बताए । प्रकाउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको उनको बताए ।

प्रकाउ पर्नेमा सोही वडाका सुरत शाही, देवेन्द्र शाही, राम शाही, मिलन र महेन्द्र शाही रहेका छन् । उनीहरू सबैलाई विनोदको हत्यामा संलग्न भएको आशंका गर्दै सिआईबिको टोलिले प्रकाउ गरेको हो।

घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाइ महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोली समेत खटिएको छ।

तपाईको प्रतिक्रिया