Advertisement
SKIP THIS
बभ्रामक सामाग्री सार्वजनिक नगर्न पत्रकारलाई महासंघ अछामको अनुरोध

सामाजिक सञ्जालको दुरुपयोग गरी भाम्रक सामाग्री सार्वजनिक गर्ने कार्य खेदजनक छ : पत्रकार महासंघ अछाम ।

अछाम :नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले केही दिन यता जिल्लाका संचारकर्मी र पत्रकारहरुलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबुक र युटुबमा आएका नकरात्मक टिकाटिप्पणी र आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै महासंघ अछामले जिल्लाका पत्रकारहरुलाई बदनियत गर्ने उद्देश्य राखी सामाजिक सञ्जालको दुरुपयोग गरेर तथानाम गाली गर्ने, आरोप र लालछना लगाउने कार्य खेदजनक भएको ठहर गरेको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरी मानहानी हुने खालका तथ्यहिन, भाम्रक र झुट्टा आरोपको महासंघ खण्डन गर्दै घोर र्भत्सना गर्दछ शाखाका अध्यक्ष खम्म खत्री र सचिव पूर्ण बहादुर खड्का द्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

विधिको शासन, न्याय, सुशासनका पक्षमा पत्रकार उभिने कुरामा नेपाल पत्रकार महासंघ अछाम दृढ छ विज्ञप्तीमा भनिएको छ, संकाको दृष्टीले गैरजिम्मेवार अभिव्यक्ती नदिन सम्बन्धित सबै पक्षलाई महासंघ अछाम आग्रह गर्दछ ।

पत्रकारको खोल ओडेर युटुब र फेसबुकको दुरुपयोग गरी भाम्रक सामाग्री सार्वजनिक नर्गन समेत महासंघ अछामले अपिल गरेको छ । जुनसुकै बेला पनि पीडितका पक्षमा कलम चलाउन र आवाज बुलन्द गर्दै न्याय दिलाउने पक्षमा नागरिक संगठनको दायित्व निर्वाह गर्दै अछामी संचारजगत सधैँ एकढिक्का रहेर काम गरिरहेको महासंघ अछामले प्रष्ट पारेको छ ।

साथै अगामी दिनमा यस्ता खालका गतिबिधी नरोकिए महासंघ अछाम यसको कानुनी उपचार खोज्न बाध्य हुने विज्ञप्तीमा भनिएकाो छ । यस्तै कुनै पनि घटनाको समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न समेत महासंघले सबै संचारकर्मीहरुलाई विज्ञप्ती मार्फत सचेत गराएको छ ।

तपाईको प्रतिक्रिया