Advertisement
SKIP THIS
डोटी बस दुर्घटना ,बेपत्ता बालकको शव भेटियो

डोटी: डोटीमा जेठ ७ गते बस दुर्घटनामा परी सेती नदीमा बेपत्ता भएका बालकको शव १५ दिनपछि फेला परेको छ। आइतबार जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपाल नजिककै उनको नदीमा शव फेला परेको प्रहरीले जनाएको छ।

अछामको कमलबजार नगरपालिका– ६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजङ्ग शाहीको शव फेला परेको प्रहरीका जानकारी दिएको छ।  बालकका परिवारलाई शव बुझाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए। 

कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नम्बरको बस शिखर नगरपालिका–१ गेरुपानी सडक खण्डमा दुर्घटना भएको थियो। दुर्घटनामा बालकका आमाबुवासहित १२ जना घाइते भएका थिए। 

तपाईको प्रतिक्रिया