Advertisement
SKIP THIS
महासंघसँग सहकार्य गरेर जनप्रतिनिधीलाई अघि बढ्न प्रदेश अध्यक्ष रावलको आग्रह

अछाम : नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश समिती अध्यक्ष योगेश रावलले पत्रकार महासंघलाई बलियो बनाउन नव निर्वाचित जनप्रतिनिधीले पनि साथ दिनुपर्ने बताएका छन् ।

प्रदेश समितीको आयोजनामा अछामको सदरमुकाम मंगलसैनमा भएको पत्रकारका लागि २ दिने क्षमता अभिबृद्धी कार्यक्रममा बोल्दै अध्यक्ष रावलले जिल्लाका पत्रकारहरुको क्षमता विकास र संचारगृहको स्थायित्वका लागि सहयोग गर्नुपर्नेमा जोड दिए ।

महासंघ सँग सहकार्य गरेर जनप्रतिनिधीहरुले अघि बढ्नुपर्ने र महासंघले पनि जिल्ला स्थित पत्रकारका सबै संघ संगठन संग समन्वय गरेर अघि बढ्न आग्रह गरे । जिल्लाकै पत्रकारहरुको क्षमता अभिबृद्धीको लागि सहयोग गर्न समेत उनले आग्रह गरे ।

महासंघ अछामको भवन निर्माणका लागि आफु सुदूरपश्चिम प्रदेश सरकार संग समन्वय गरिरहेको भन्दै उनले यो बर्ष भित्रमा शाखाको भवन निर्माण गरिसक्नका लागि जिल्लाका जनप्रतिनिधीलाई सहयोग गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया