Advertisement
SKIP THIS
घटनाको सत्यतथ्य छानबिन गर्न नगर प्रमुख चलाउनेको माग

अछाम: अछामको पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले वडा नं. ४ कालिकास्थानका मृत भेटिएका किशोर विनोद शाहीको घट्नाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेकी छिन्।

आइतबार प्रेस विज्ञप्ती जारी गर्दै नगर प्रमुख चलाउनेले घट्नाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीका गर्न माग गरेकी हुन्। ‘अपराधी जो कोही भए पनि अपराधी नै हुन्छ। यो कुनै पार्टी, जात, क्षेत्र र वर्गको हुन सक्दैन। त्यसैले दोषी पत्ता लागेर कारबाही हुनै पर्छ’, चलाउनेले विज्ञपतिमा भनेकी छिन्।

चलाउनेले सामाजिक सञ्जाल र केही संचार माध्यममा राजनीतिक पुर्वाग्रहका आधारमा उक्त घटनामा आफ्नो नाम समेत जोडिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। ‘अप्रत्याशित रुपमा कालिकास्थानमा भएको घटनाप्रति म अत्यन्त दु:खी छु’, उनले विज्ञप्तिमा भनेकी छन्,’आफ्नै गाउँमा यस्तो घट्ना हुँदा मैले परिवारको सदस्य गुमाए सरह भएको छ। उक्त घट्नामा आफ्नो नाम जोडेर तथ्यहिन, कपोकल्पित, असत्य र भ्रामक रुपमा आएका सार्वजनिक अभिव्यक्ती र संचारमाध्यममा आएका झुटा समाचारको म खण्डन गर्दछु।’

चलाउनेले उक्त घट्नाको अनुसन्धानलाई प्रभावित हुने गरी घटनालाई अतिरञ्जित नर्गन समेत सबैमा अनुरोध गरेकी छन्। पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान, कुच्चीका १६ वर्षीय विनोद शाही हराएको पाँच दिनपछि शनिबार घर नजिकको भीरमा शव भेटिएको थियो। चुनावको विषयलाई लिएर कालिकास्थानमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच भएको झडप भएकै दिन उनी बेपत्ता भएको बताइएको छ।

तपाईको प्रतिक्रिया