Advertisement
SKIP THIS
अछामकाे पञ्चदेवल ४ कालिकास्थानमा मृत भेटिएका किशाेरकाे शव २ दिनसम्म उठ्न सकेन

निराकरण खबर अछाम:पञ्चदेवल विनायक नगरपालिका-४, कालिकास्थानकाे तल्लाे कुच्ची भिरमा १६ वर्षीय किशोरको शनिबार विहान शव फेला परेको थियाे । पाँचदिन देखि वेपत्ता भएका १६ वर्षीय विनोद शाही मृत अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए ।

स्थानीय तहकाे निर्वाचनका क्रममा नेकपा एमाले र नेपाली काङ्ग्रेस का कार्यकर्ताहरुबिच झगडा हुँदै अाएकाे थियाे । दुईपक्षविच विवाद बढ्दै गएपछि जेठ १७ गते राति दुई पक्षहरकाे झडप भएकाे थियाे । झडपका क्रममा केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे प्रहरीले जनाएको छ ।

किशाेरकाे हत्यामा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताकाे संलग्नता भएकाे उनका अाफन्तले आरोप लगाएका छन् ।

मृतकका आफन्तहरु हिजाे चर्काे नाराबाजि सहित विनायक बजारमा प्रदर्शनमा उत्रेका थिए । आक्रोशित भिडलाई नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर समेत गरिएकाे प्रहरीले जनाएकाे छ । जिल्लाबाट खटिएकाे टोलीलाई घटनास्थल जान समेत अवराेध गरिएकाे थियाे । आज अवस्था अलि सामान्य भएपनि अाफन्तले जिल्ला प्रहरी कार्यालयमा १८ जना विरुद्ध किटानी सहितकाे जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय अछामले भने जाहेरी दर्ता गरेकाे छैन ।

मृतकका आफन्तले दाेषिलाई कार्वाहिका लागि संलग्न केही व्यक्तिहरलाई नियन्त्रणमा नलिई अनुशन्धान अगाडि नबढाउदा सम्म मृतककाे शब उठाउन नदिने बताएका छन् ।
मृतकका पक्षधर नेकपा एमालेका नेता तथा कार्यक्रताहरुले प्रमुख जिल्ला अधिकारीकाे सरूवा, जिल्ला प्रहरी प्रमुख निलम्बन, र नगर प्रमुखलाई कार्वाहीकाे माग गरेका छन् ।

आज घटना स्थलगत अनुशन्धानका लागि, कैलालीबाट नेपाल प्रहरीकाे DOG टाेलि समेत पुगेकाे छ । मृतकका आफन्तले दुई दिनदेखि मध्यपहाडी राजमार्ग अन्तरगत विनायक वेलखेत सडक खण्ड अवरुद्घ गरेका छन् ।

यता पञ्चदेव बिनायक नव निर्वाचीत नगर प्रमुख अम्बिका चलाउने बिज्ञप्ति जारी गर्दै घटनाको निश्पक्ष छानबिन गरि दोषीलाई कारवाहि हुनुपर्ने माग गरेकी छन।

तपाईको प्रतिक्रिया