Advertisement
SKIP THIS
अछाममा पाँच दिनदेखि हराइरहेका किशोरको शव फेला

अछाम : अछाममा पाँच दिनदेखि हराइरहेका किशोरको शव फेला परेको छ। 

शनिबार बिहान साढे १० बजे पञ्चदेवल विनायक नगरपालिका-४ तल्लो कुच्चीस्थित भिरमा १७ वर्षीय किशोरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश सिह विष्टले जानकारी दिए। 

मृत्यु हुनेमा १७ वर्षीय विनोद शाही छन्। उनी १७ गतेदेखि नै हराइरहेको बताए पनि प्रहरीलाई शुक्रबारमात्रै मौखिक जानकारी दिइएको थियो।शनिबार प्रहरी कार्यालयमा हुलियासहित निवेदन परेको थियो। 

प्रहरीले मातहत कार्यालयमा पत्राचार गरेको थियो। खोजी गर्न सबै युनिटलाई लेखेर समेत पठाएको थियो।

त्यसक्रममा स्थानीयले शाहीको शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए। 

तपाईको प्रतिक्रिया