Advertisement
SKIP THIS
जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेस ललित कुँवर बिजयी

निराकरण खबर अछाम:जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसका ललित कुँवर निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले १२ मत ल्याई हुदाँ उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गा भण्डारीले ६ मत पाए । उपप्रमुखमा कांग्रेसकी दानमति शाहीले बिजयी भएकी छन् ।

यस्तै सदस्यमा कांग्रेसका नरेन्द्र कुँवर,लक्ष्मि स्वबर्णकार,द्वारिका उपाध्याय,पूर्ण रावल, चक्र रावल नेकपा माओवादी केन्द्रबाट सीता भण्डारी र एकीकृत समाजवादीबाट प्रनाथ बिक बिजयी भएका हुन ।

जिल्ला समन्वय समिति अछाम सत्ता गठबन्धनको गठबन्धन रहेको थियोे ।यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि अछाममा कांग्रेसकै प्रमुख र उपप्रमुख थिए।१० पालिकाका २० मत रहेकाे अछाममा १८ मत मात्रै खसेका थिए । २० मत मध्ये कांग्रेसका ११, एमालेका ६, माओवादी केन्द्रका २ र एकीकृत समाजवादीका १ मत रहेका छन् ।

तपाईको प्रतिक्रिया