Advertisement
SKIP THIS
ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

रुकुम पूर्व : रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादीङ रोडमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ।

मृत्यु हुनेमा सिस्ने–४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए। उनका अनुसार दुई जना घाइते भएका छन्। घाइतेको रुकुम(पूर्व) अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए। 

चालकको भने नाम ठेगाना नखुलेको र फरार रहेको प्रहरीले बताएको छ। प्रहरी निरीक्षक खत्रीले भने, ‘ट्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ। सडकदेखि तल पनि खसेको छैन तर दुईदुई जनाको ज्यान गएको छ।

ट्याक्टरको पछाडिको भागमा बसेका उनीहरु आत्तिएर हाम फालेको नि हुनसक्छ, झर्ने बेलामा आत्तिएको नि हुनसक्छ।’ घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए। रासस

तपाईको प्रतिक्रिया