Advertisement
SKIP THIS
जिल्ला समन्वय समिति अछाम प्रमुखका लागि एमालेबाट भण्डारीको नेतृत्वमा प्यानल सहित उम्मेदवारी

टेकराज भण्डारी, अछाम :अछाममा जिल्ला समन्वय समितिका लागि एमालेबाट प्यानल सहित उम्मेदवारी दर्ता भएको छ ।

जेठ २१ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनकाे लागि एमालेले दुर्गाप्रसाद भण्डारीको नेतृत्वमा प्यानल सहित उम्मेदवारी दर्ता गराएकाे एमाले अछामका अध्यक्ष चन्द्र बाेहाराले बताए । मंगलसेन नगरपालिका वडा नम्बर ६ बाट वडा सदस्यमा निर्वाचित भण्डारीलाई पार्टीले सिफारिस गरेपछि समन्वय प्रमुखमा उम्मेदवारी दर्ता गरिएको हाे ।

दुई पालिका प्रमुख र ४ पालिका उपप्रमुख जितेकाे एमालेले गठबन्धन बिरुद्ध प्यानल सहित उम्मेदवारी दर्ता गराएकाे हाे ।

नेकपा एमालेकाे तर्फबाट समन्वय समिति उपप्रमुखमा पुतली रावलकाे उम्मेदवारी दर्ता भएको छ । यसैगरी सदस्यमा भुपेन्द्र महता, भानसिंह साउद, बज्जीर थापा, सुरत कामी, जमुना बि क, झुप्री कुमारी केसी र निर्मला भुलले उम्मेदवारी दर्ता गरेकाे एमाले जिल्ला सचिव भीम बहादुर रावलले जानकारी दिए।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीकाे तर्फबाट नेपाली कांग्रेसले प्रमुख, उपप्रमुख सहित ७ सदस्य तथा माओवादी केन्द्र र एकीकृत समाजवादीले एकएक सदस्य पाएका छन् ।

तपाईको प्रतिक्रिया