Advertisement
SKIP THIS
जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसबाट कुँवर सिफारिस:कांग्रेसको एकल बहुमत

अछाम:जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसले ललित कुँवरलाई सिफारिस गरेको छ।

कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायर र महामंन्त्री मेघराज खड्काले जिल्लाबाट सिफारिस भएका कुँवरलाई उम्मेदवार बनाएका हुन्। उनी जिल्लामा कांग्रेसका पुराना नेता  र किसान संघका जिल्ला अध्यक्ष पनि हुन्। यस्तै कांग्रेसबाटै जिल्ला समन्वय समितिको उपप्रमुखमा दानमती बम शाहीलाई सिफारिस गरेको छ।

अछाममा कांग्रेसको जिल्ला समन्वय समिति एकल बन्न सक्ने अवस्था छ। १० स्थानीय तह रहेको अछाममा कांग्रेस एक्लैको ११ मत छ। यस कारण पनि जिल्ला समन्वय समितिको प्रमुख–उपप्रमुख कांग्रेसकै बन्ने पक्का छ। कांग्रेसले अछाममा सात पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख जितेको छ।

कांग्रेस अछामले प्रमुख निर्वाचन क्षेत्र नं १ र उप प्रमुख क्षेत्र नं. २ मिलाएर टिकट दिएको छ। बाँकी सदस्यहरु छनोटको लागि पार्टीको जिल्ला संसदिय बोर्डको बैठक बसिरहेको छ। यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि अछाममा कांग्रेसकै प्रमुख र उपप्रमुख थिए।

तपाईको प्रतिक्रिया