Advertisement
SKIP THIS
जनताको सेवक बनेर काम गर्न जनप्रतिनिधि हरुलाई कांग्रेस केन्द्रिय सदस्य शाहको सुझाव

अछाम:नेपाली कांग्रेस अछामबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि हरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस अछामको आयोजनामा भएको बधाई तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित सम्पुर्ण जनप्रतिनिधि हरुलाई सम्मान गरिएको हो ।

नेपाली कांग्रेस अछामका पार्टी सभापति पुष्प बहादुर शाहको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पार्टीका केन्द्रिय सदस्य गोबिन्द बहादुर शाहले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई शासकका रूपमा नभएर जनताका सेवक बनेर काम गर्न सुझाव दिएका छन् ।

सम्पुर्ण परिवर्तन नेपाली कांग्रेसले मात्रै गर्ने भएकोले अघिल्लो पाँचवर्ष स्थानीय, प्रदेश र संघीय सरकार नेकपाको कब्जामा थियो । एमालेका कारण कुनै पनि संरचनाले काम गर्न पाएन । अब हाम्रो हातमा सबै शासन व्यवस्था रहेकोले अब काम गर्ने पालो नेपाली कांग्रेसको काधमा आएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै निवर्तमान पार्टी सभापति भरत कुमार स्वारले घोषणा पत्रलाई संकल्प पत्रको रूपमा बुझ्न जरुरी रहेकोले काम गर्दा जवाफदेही, पारदर्शी भएर काम गर्नु पर्ने बताए । जनताले दिएका मतको कदर गर्दै अघि बढ्न पर्ने बताए

कार्यक्रममा महासमिति सदस्य टिकाराम खनाल ,गणेश बिष्ट ,पदमराज अधिकारी ,सुरत बिष्ट ,अन्जु मल्ल भगवती खनाल , जिल्ला सचिव प्रकाश साउद ,सहसचिव गोबिन्द बिष्ट ,क्षेत्रीय सभापति पुष्पराज शर्मा,कृष्ण बहादुर बुढा ,महाधिवेशन प्रतिनिधि नम बहादुर शाही,यज्ञ प्रसाद ढकाल ,राजेन्द्र कुवर,बसन्ती बिस्ट,पुर्णा शाह लगायतको उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया