पोखरा:पोखरा देखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्क विहिन वनेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिकाको पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा सोमवार बिहान जहाज भेटिएको हो । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले लेतेका सुमित गौचन र यार्सागुम्बा खोज्न गएकाहरुले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्विर पठाएका जानकारी दिनुभयो ।
मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा टाढाबाट जहाज देखिएपछि सुरक्षाकर्मी र स्थानीयवासीको टोली त्यसतर्फ लागेको गाउँपालिका अध्यक्ष गौचनले बताए ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले भने सेना, शसस्त्र र प्रहरीको टोली घटनास्थलमा पुगिनसकेकाले औपचारिक पुष्टि भइनसकेको बताए ।