Advertisement
SKIP THIS
बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

निराकरण खबर डाेटि:नव निर्वाचित जनप्रतिनिधि हरूका लागि बधाई तथा शुभकामना कार्यक्रम दिपायल सिलगढी नगरपालिकाको सेति सभा हलमा सम्पन्न भएको छ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ सम्पन्न भैसकेपछि नेपाली कांग्रेस दिपायल सिलगढी नगरकार्य समिति डाेटिकाे आयाेजनामा नगरपालिका भित्रका नेपाली कांग्रेसवाट उमेदवार भै बिजयी भएका नगर प्रमुख उप प्रमुख देखि वडा सदस्य सम्मका जनप्रतिनिधि लाइ बधाई तथा शुभकामना प्रदान गरियकाे हाे ।

साथै विभिन्न वडा वाट उप-विजेता (पराजित) व्याक्तिलाई पनि सम्मान गरियकाे थियाे भने उक्त कार्यक्रमका सभा अध्यक्ष नगर कार्य समितिका सभापति गणेश मालाशी, प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्र वहादुर सिंह, विशिष्ट अतिथि दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजि सिंह खड्का ‘विजय’,उप प्रमुख कल्पना साउद, आदर्श गाँउ पालिका अध्यक्ष गणेश खड्का, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हरु, प्रदेश प्रतिनिधि हरु, नेपाली कांग्रेस जिल्ला कमिटीका प्रतिनिधि,नगर कार्य समिति नगरपालिकाका विभिन्न वडा बाट वडा सभापति तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिती उक्त कार्यक्रममा रहेको थियो।

तपाईको प्रतिक्रिया