Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकाद्वारा सर्वपक्षीय बैठक आयोजना गरि सुझाव माग

निराकरण खबर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकाद्वारा सर्वपक्षीय बैठक आयोजना गरि सुझाव मागेको छ। आईतवार जयगढमा सर्वपक्षीय बैठक आयोजना गरि पालिकाले सुझाव मागेको हो।

गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएपछि गाउँपालिकाको बिकास कसरी गर्ने ,पालिकाका नागरिकले बान्नीगढी सरकार प्रति कस्ता आस गरेका छन।आगामी बजेटमा के कुरा समेट्दा उचित हुन्छ भनेर सर्वपक्षीय बैठक आयोजना गरिएको गाउँपालिका अध्यक्ष टेक बहादुर साउदले बताए ।

सबैको साथले मात्रै बान्नीगढी जयगढ गाउँपालिकालाई समृद्धि बनाउन सकिने भएकाले सबैले सुझाव माग्न सर्वपक्षीय बैठकको आयोजना गरिएको थियोे ।

सर्वपक्षीय बैठकमा उपस्थितहरुले गाउँपालिका सरकारसँग हातेमालो गर्न चाहेको बताएका थिए ।

सर्वपक्षीय बैठकमा गाउँपालिका रहेका राजनीतिक दल, सबै क्षेत्रका नागरिक कर्मचारी गरि करिव १५० भन्दा बढीको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया