Advertisement
SKIP THIS
साफेबगर नगरपालिका कार्यपालिकाले पायो पुर्णता

निराकरण खबर अछाम:अछामको साफेबगर नगर कार्यपालिकाले पुर्णता पाएको छ।

आईतवार कार्यपालिका सदस्यमा महिला सदस्य,दलित,अल्पसंख्यकहरुको प्रतिनिधित्व हुनेगरि कार्यपालिका सदस्यमा ८ जना सदस्य निर्वाचित भएपछि कार्यपालिकाले पुर्णता पाएको हो।

महिला कार्यपालिका सदस्यमा ५ जना र दलित तथा अल्पसंख्यकबाट ३ जना गरि ८ जनामा २ जना एकिकृत समाजवादी र ६ जना नेपाली कांग्रेस बाट निर्वाचित भएका छन ।

निर्वाचित हुने उम्मेदवारमा महिला कार्यपालिका सदस्य विष्णा कुँवर, राधा देवी साउँद, मिना केसि, देबसरा साउँदा थापा, उमा उपाध्याय रहेका छन । त्यसैगरि दलित र अल्पसंख्यक निर्वाचित सदस्यमा अनिल परियार, मुकेश मिजार, विनोद बहादुर भुल रहेका छन ।

साथै ८ जना कार्यपालिका सदस्यलाई निर्वाचन अधिकृत याम नारायण गौलिले आजै प्रमाणपत्र पत्र समेत वितरण गरेका छन। भने साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले निर्वाचित कार्यपालिका सदस्य हरुलाई सपथ ग्रहण गराएका थिए । 

तपाईको प्रतिक्रिया