Advertisement
SKIP THIS
सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुुन मन्त्री डा. रावलद्वारा गणतन्त्र दिवसको शुभकामना

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुुन मन्त्री डा. रणबहादुर रावलले जनताको अभूतपूर्व साथ र एकताले संविधान भत्काउने कदमलाई परास्त गर्न सफलता मिलेको बताएका छन् ।

आईतबार १५ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले संविधानलाई नै भत्काउनेहरुलाई सबैको एकताले यो सफल भएको बताएका हुन् । ‘ऐतिहासिक गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा बलिदानी दिने सहिदप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्र स्थापनाका १४ वर्षलाई फर्केर हेर्दा राजनीतिक तहमा ठूला–ठूला परिवर्तनहरु भएको बताए । फलस्वरुप संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितका समानुपातिक समावेशी शासन व्यवस्थालाई संस्थागत गरेको संविधान निर्माण भएको छ शुभकामना वक्तव्यमा भनिएको छ । ‘अहिले हामी उक्त संविधान कार्यान्वयनको चरणमा छौं ।’

मन्त्री रावलले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका छन् । संघीयता कार्यान्वयनको चरणमा स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएको छ भने प्रदेश र केन्द्रको निर्वाचन गराउने तयारीमा सरकार जुटेको वक्तव्यमा उल्लेख गरेको छ ।

नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायीत्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, एकता र समतामुलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास वक्तव्यमा मन्त्री रावलले गरेका छन् ।

न्त्री रावलले भर्खरै निर्वाचित स्थानीय सरकारका जनप्रतिनिधिहरु जनताले गरेको विश्वास भरोसालाई आत्मसाथ गर्दै जनआकांक्षा र आवश्यकतालाई परिपूर्ती गर्न सहयोगी हुने अपेक्षा गरेका छन । गणतन्त्रका उपलब्धीको रक्षा गर्नमा आफु जहिले पनि प्रतिबद्ध रहेको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया