Advertisement
SKIP THIS
रामारोशन गाउँपालिका निर्वतमान अध्यक्ष भास्करको कब्जामा पालिकाको लालपुर्जा

निराकरण खबर अछाम:अछामको रामारोशन गाउँपालिका निवर्तमान अध्यक्ष झंकर साउद भास्करले गाउँपालिकाको लालपुर्जा समेत कब्जामा रहेको छ।

बैशाख ८ गते जिल्ला प्रशासन कार्यलय अछामले स्थानीय तहमा सबै जनप्रतिनिधिले प्रयोग गर्दै आएका जिन्सी तथा आवासीय सुबिधा फिर्ता गरि भरपाई लिन सार्वजनिक सुचना जारी गरेको थियोे । तर रामारोशन गाउँपालिका निवर्तमान अध्यक्ष साउदले अहिलेसम्म कुनै जिन्सी सामाग्री र आवासीय सुबिधा फिर्ता गरेका छैनन् ।

पटक पटक गाउँपालिका प्रशासनले समेत लिखित रुपमै पत्र पठाएर फिर्ता गर्न अनुरोध गरेपछि निवर्तमान अध्यक्ष साउँदले फिर्ता नगरेको कार्यालय स्रोतले बतायो ।निवर्तमान अध्यक्ष साउदले जिन्सि सामाग्री सहित आवसिय सुबिधा ,फिर्ता नगर्दा नव निर्वाचित गाउँपालिका अध्यक्षलाई सेवा सुबिधा प्रदान गर्न पालिका प्रशासनलाई समेत मुस्किल परेको छ।

निवर्तमान अध्यक्ष साउदको नाममा प्रदेश २-०३-०१३प ०५०४ नम्बरको २०० सिसिको अपाचि मोटरसाइकल, वाईफाई सेट , २ सामसुङ एन्रोड मोबाइल, १ थान ल्यापटप र अन्य केही जिन्सि सामाग्री रहेका छन।

भास्कर नामले परिचित साउद २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट रामारोशन गाउँपालिका अध्यक्ष निर्वाचीत भएका थिए । भास्कर माओवादी केन्द्रका प्रभावसाली नेता समेत हुन।

तपाईको प्रतिक्रिया