Advertisement
SKIP THIS
रामारोशन गाउँपालिका निर्वतमान अध्यक्ष भास्करलाई सरकारी सम्पति मोह,

निराकरण खबर अछाम:अछामको रामारोशन गाउँपालिका निवर्तमान अध्यक्ष झंकर साउद भास्करले हालसम्म समेत सरकारी अवास नछोडेको पाईएको छ। निवर्तमान अध्यक्ष साउदले सरकार आवास सँगै आवासीय सामाग्री उनलेे प्रयोग गर्ने प्रदेश २-०३-०१३प ०५०४ नम्बरको २०० सिसिको अपाचि मोटरसाइकल, वाईफाई सेट , २ सामसुङ एन्रोड मोबाइल, १ थान ल्यापटप अहिलेसम्म बुझाएका छैनन् ।

रामारोशन गाउँपालिका प्रशासनले पटक पटक लिखित रुपमा जानकारी गराउदा समेत गाउँपालिका निवर्तमान अध्यक्ष झंकर साउदले सामग्री बुझाउन आनाकानी गरेका गाउँपालिका प्रशासन स्रोतले बतायो।यस्तै अहिलेसम्म गाउँपालिकाको पुर्जा समेत निवर्तमान अध्यक्ष साउदले कब्जामा लिएका छन।

जिल्ला प्रशासन कार्यालय अछामले बैशाख ८ गते नै सुचना जारी गरि स्थानीय तहका जन प्रतिनिधिहरु कुनै न कुनै रूपमा राजनीतिक विचार प्रति आवद्ध भएको हुने र निर्वाचनको समयमा सरकारी सुविधा लिई कार्य गर्दा निर्वाचनको निष्पक्षतामा प्रभाव पर्ने सक्ने अवस्था देखिएकोले स्थानीय तहका जन प्रतिनिधिसँग रहेको सार्वजनिक सम्पत्ती, सवारी साधन, भाडाको घर, सरकारी रकम तिरेको भाडाको कोठा, मोबाइल, टिभी लगायतका सरकारी रकमबाट खर्च व्यहोर्ने सेवा सुविधाहरु फिर्ता गर्ने भनेको थियोे ।

यस्तै सुचनामा बैशाख ९ गते सम्म स्थानीय तहका जनप्रतिनिधिलाई त्यहाका प्रमुख प्रशासकीय अधिकृत ,जिन्सी शाखा प्रमुखलाई आफू स्वयंमले बुझाई भर्पाई लिई भनेको थियोे ।तर रामारोशन गाउँपालिका निर्वतमान अध्यक्ष साँउदले हालसम्म कुनै पनि सरकार सम्पत्ति नबुझाएको पाईएको छ । भास्कर नामले परिचित साउद २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट रामारोशन गाउँपालिका अध्यक्ष निर्वाचीत भएका थिए । भास्कर माओवादी केन्द्रका प्रभावसाली नेता समेत हुन।

तपाईको प्रतिक्रिया