Advertisement
SKIP THIS
अछाम प्रहरीद्वारा ढुंगा लडाएर हत्या गरेको अभियोगमा फरार अभियुक्त प्रकाउ

निराकरण खबर अछाम :ढुंगा लडाएर हत्या गरेको अभियोगमा फरार रहेका अभियुक्त प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा पञ्चदेवल बिनायक नगरपालिका ६ का हिरा प्रशाद न्यौपाने रहेका छन।

उनलाई पञ्चदेवल बिनायक नगरपालिका ५ सालघारी डाँडाकी ३९ बर्षिय रमिता न्यौपानेलाई ढुंगा लडायर हत्या गरेको अभियोग रहेको छ।

जेठ १२ गते बिहीबार हिरा प्रशाद न्यौपानेले लडाएको ढुंगा लागेर पञ्चदेवल बिनायक नगरपालिका ५ सालघारी डाँडाकी ३९ बर्षिय रमिता न्यौपानेको मृत्यु भएको थियोे ।अभियुक्त हिरा प्रशाद सोही दिन देखि फरार रहेका थिए ।

उनलाई शुक्रबार साझ रामारोशन गाउँपालिका ३ कालापानीबाट स्थानीय छत्र कार्कीको घरमा लुकी छिपी बसेको अवस्थामा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख रबिराज थपलियाले जानकारी दिए।

तपाईको प्रतिक्रिया