Advertisement
SKIP THIS
मेल्लेख गाउँपालिकाले सुत्केरीलाई जिल्ला बाहिर रिफर गर्नुपरे नि:शुल्क सेवा दिने

लाल बहादुर चदारा, अछाम : मेल्लेख गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको प्रथम बैठक सम्पन्न भएको छ ।

शुक्रबार नव निर्वाचित गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदको अध्यक्षतामा बसेकाे बैठकले गाउँपालिकाद्वारा संचालित २ वटा बस, एम्बुलेन्स, जेसिबि मेसिन, यातायात व्यवस्थापन गर्दै लैजाने निर्णय गरेको छ ।

ब्याबस्थापनका लागि उपाध्यक्ष नृप खड्काकाे संयाेजकत्वमा ७ सदस्यीय यातायात व्यवस्थापन समिति समेत गठन गरिएकाे छ ।

त्यसैगरी गाउपालिका अन्तर्गत सुत्केरी महिलालाई जिल्ला बाहिर रिफर गर्नुपर्ने अबस्थामा नि:शुल्क यातायातकाे व्यावस्था गाउँपालिकाले गर्ने भएको छ ।

पालिकाको दुर्गम वडा १ र २ ऋषिदह र वडा नम्बर ३ ठाटिकाे लागि एम्बुलेन्स सेवा सुचारु गरि सेवा दिने निर्णय गरेकाे छ ।

साथै मेल्लेख गाउँपालिकामा हालसम्म बजेट खर्च तथा यस अघिकाे प्रगती विवरण सार्वजनिक गरिनुका साथै आगामि गरिने क्रियाकलाप बारे पनि छलफल गरिएकाे छ ।

बैठककाे संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्काले गरेका थिए ।

तपाईको प्रतिक्रिया