निराकरण खबर अछाम:बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर २ का जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन ।
शुक्रबार एक कार्यक्रमका बिच वडा नं २ का वडा अध्यक्ष नेत्र बहादुर साउद र अन्य जनप्रतिनिधिले पदभार गरेका छन् ।यस्तै
निवर्तमान जनप्रतिनिधिको समेत बिदाइ गरिएको छ ।
कार्यक्रममा विगत ५ वर्षमा विकास सहित कार्यकालको समेत समीक्षा गरिएको छ। निवर्तमान तथा नव निवार्चित वडा अध्यक्ष नेत्र बहादुर साउदले वडाको खानेपानि समस्या समाधान गर्न लागिपरेको बताउदै खानेपानि समस्या समाधानका लागि हर प्रयास गर्ने प्रतिवद्दता जाहेर गरेका छन् ।
जनालिकोटमा जनताले सुशासनको प्रत्याभूति गर्ने गरि सेवा प्रवाह गर्ने नव निर्वाचित जनप्रतिनिधिहरुले प्रतिवद्दता समेत जाहेर गरेका छन ।उनिहरुले जनतालाई महसुस हुनेगरी काम गर्ने बताए ।